मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: देशका केही क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

182
SHARES
मौसम पूर्वानुमान: देशका केही क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । नेपालमा नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने अधिकांश तराई भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहने अनुमान गरिएको छ । यस प्रदेशको तराई क्षेत्रसहित अन्य पहाडी भू(भागमा आंशिक बदली रहने भए पनि बाँकी तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना छ ।

त्यसैगरी, कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ । गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबीच लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २९, आईतवार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP