मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हराएको छ दिनपछि जीवितै भेटिए गाइड दावा शेर्पा

1K
SHARES
हराएको छ दिनपछि जीवितै भेटिए गाइड दावा शेर्पा

काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा छ दिनपछि जीवितै फेला परेका छन् । खोजी टोलीले बिहीबार बिहान उनलाई खुम्बु आइसफल क्षेत्रमा उद्धार गरेको हो ।

हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध शेर्पा जेठ १५ गते तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता भएका थिए । त्यसयता उनको खोजीका लागि निरन्तर प्रयास भइरहेको थियो ।

खोजी अभियानमा संलग्न एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाका अनुसार दावा हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन् । उद्धारपछि उनलाई तत्काल हेलिकोप्टरमार्फत आधार शिविर ल्याइएको छ ।

जानकारीअनुसार उनका हातका केही औँलामा चोट लागेको देखिएको छ । थप उपचारका लागि अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याइँदैछ ।

दावाको खोजीका लागि एटके एक्सपिडिसनले आफ्नै खर्चमा हेलिकोप्टरसहितको उद्धार टोली परिचालन गरेको थियो । उनी एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । आरोहण सम्पन्न गरी फर्किने क्रममा उनी सम्पर्कविहीन बनेका थिए ।

छ दिनपछि जीवितै फेला परेपछि परिवार, साथीभाइ तथा पर्वतारोहण क्षेत्रका व्यक्तिहरूमा खुशी छाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २१, बिहीबार ०६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP