मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चक्रवात अर्नबको प्रभाव कायमै, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

286
SHARES
चक्रवात अर्नबको प्रभाव कायमै, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अरनब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले देशभरको मौसम प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा बादल लागेको छ भने विभिन्न प्रदेशमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशका अधिकांश भूभागमा बदली रहने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान छ ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा आएको परिवर्तनका कारण वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

 



अगुल्टो अगुल्टो   
  • २०८३ कार्तिक १५, शनिबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP