मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओली पक्राउविरुद्ध एमालेको चरणबद्ध देशव्यापी आन्दोलन घोषणा

715
SHARES
ओली पक्राउविरुद्ध एमालेको चरणबद्ध देशव्यापी आन्दोलन घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी चरणबद्ध आन्दोलन घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले वडा तहदेखि राजधानी केन्द्रित प्रदर्शनसम्मका कार्यक्रम तय गरेको हो ।

महासचिव शंकर पोखरेलका अनुसार आन्दोलनलाई क्रमशः जिल्ला, पालिका, प्रदेश र केन्द्रसम्म विस्तार गरिनेछ । पहिलो चरणमा चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला आयोजना गरिनेछ । त्यसपछि चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन हुनेछ ।

त्यसैगरी वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन, र वैशाख १२ गते काठमाडौंमा विशाल विरोध सभा तथा प्रदर्शन गर्ने निर्णय एमालेले गरेको छ । चैत २४ गते सबै जिल्ला कमिटीले वृहत् कार्यकर्ता भेला आयोजना गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

सचिवालय बैठकले पूर्वप्रधानमन्त्री ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण र बदला–प्रेरित” भन्दै सरकारको कडा आलोचना गरेको छ । साथै, शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीमार्फत भएको दमनको घोर भर्त्सना गरिएको जनाएको छ ।

आन्दोलनलाई थप प्रभावकारी बनाउन विद्यार्थी, पेशागत तथा अन्य जनसंगठनहरूलाई पनि आफ्नै ढंगले कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ । यसका लागि भोलि बिहान ११ बजे पार्टी कार्यालयमा जनसंगठन संयन्त्रको बैठक बस्नेछ ।

एमालेले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिएको छ । संसदभित्र अन्य दलहरूसँग सहकार्य तथा प्रभावकारी प्रस्तुतीका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, आन्दोलनका थप कार्यक्रम तय गर्न छिट्टै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि सचिवालयले गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १७, मंगलवार १०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP