मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारले खर्च कटौतीका लागि कर्मचारी संख्या घटाउने

1.9K
SHARES
सरकारले खर्च कटौतीका लागि कर्मचारी संख्या घटाउने

काठमाडौं । नयाँ सरकारले खर्च कटौतीलाई प्राथमिकतामा राख्दै संघीय निजामती सेवामा कार्यरत कर्मचारी संख्या घटाउने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको सचिवहरूको बैठकले यो निर्णय लिएको हो ।

मुख्यसचिवसहित सबै सचिवहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकले हाल संघीय सरकार मातहत रहेको कुल दरबन्दीको २० प्रतिशत कटौती गर्ने निष्कर्ष निकालेको छ । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत प्रक्रिया अघि बढाइनेछ ।

बैठकले अनलाइन सेवाको विस्तार गर्ने, अनावश्यक खर्च कटौती गर्दै मितव्ययी बन्ने रणनीति अपनाउने निर्णय गरेको छ । अत्यावश्यक बाहेकका कर्मचारी हटाउने नीति पनि बैठकमा पारित भएको छ ।

कर्मचारी कटौतीको प्रक्रिया मन्त्रालय, आयोग, सचिवालय तथा अन्य कार्यालयहरूबाट सुरु गरिनेछ । सचिवहरूको भनाइ अनुसार यो निर्णय असोज महिनाभित्रै मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेश गरिनेछ ।

बैठकले अनावश्यक देखिएका सरकारी निकायहरूलाई खारेज, गाभ्ने वा स्थानान्तरण गर्ने प्रक्रिया पनि छिट्टै सुरु गर्ने बताएको छ । यसले प्रशासनिक संरचना सरल बनाउने विश्वास लिइएको छ ।

सचिवहरूको अनुसार यो निर्णय कार्यान्वयन भएपछि करिब १०,००० भन्दा बढी दरबन्दी कटौती हुनेछ । यसले राज्यको खर्चमा उल्लेखनीय कटौती हुने अपेक्षा गरिएको छ ।

सरकार मातहतका सबै कार्यालयहरूलाई तालिम तथा गोष्ठीहरू सरकारी भवन र हलमै गर्नुपर्ने निर्णय गरिएको छ । त्यस्तै, कुनै पनि बैठकमा सहभागी कर्मचारीहरूले भत्ता नलिने निर्णय समेत सचिवहरूको बैठकले गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP