मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यमा जोड

26
SHARES
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यमा जोड

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल भएको हो ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विशेषगरी यातायात तथा पूर्वाधार कनेक्टिभिटी, व्यापार, पारवहन, वाणिज्य, ऊर्जा, संस्कृति र शिक्षा क्षेत्रको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो । साथै, दुई देशका नागरिकबीचको जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विषयले पनि छलफलमा प्राथमिकता पाएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन् । भ्रमणका क्रममा नेपाल–भारतबीचको विद्यमान सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विषयमा उच्चस्तरीय भेटवार्ता तथा छलफल भइरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ८, सोमबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP