मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘एभरेष्ट म्यान’ शेर्पाको नयाँ इतिहास, ३२औँ पटक सगरमाथा शिखरमा

546
SHARES
‘एभरेष्ट म्यान’ शेर्पाको नयाँ इतिहास, ३२औँ पटक सगरमाथा शिखरमा

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक आरोहण गर्ने कीर्तिमान कायम गरेका कामिरिता शेर्पाले फेरि नयाँ इतिहास रचेका छन् । उनले आइतबार बिहान १०ः१२ बजे ३२औँ पटक सफलतापूर्वक सगरमाथाको आरोहण गरेका हुन् ।

आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेक्सले कामिरिताले यस वर्षको वसन्तकालीन अभियानअन्तर्गत पुनः शिखर चुम्न सफल भएको जनाएको छ । उनको यो आरोहणसँगै आफ्नै नाममा रहेको विश्व कीर्तिमान थप मजबुत बनेको छ ।

५६ वर्षीय शेर्पा लामो समयदेखि हिमाल आरोहण क्षेत्रमा सक्रिय छन् । उनले पहिलोपटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनले लगभग प्रत्येक वर्ष सगरमाथा चढ्दै आएका छन् । कठिन मौसम, जोखिमपूर्ण मार्ग र प्रतिकूल अवस्थाबीच पनि उनले निरन्तर सफलता हासिल गर्दै विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई चिनाएका छन् ।

‘एभरेष्ट म्यान’को उपनामले परिचित शेर्पाको अनुभव र साहसलाई विश्वभरका पर्वतारोहीहरूले प्रेरणाका रूपमा लिने गरेका छन् । उनी केवल कीर्तिमानी आरोही मात्र नभई नेपाली पर्वतारोहण क्षेत्रका एक प्रतीक व्यक्तित्वका रूपमा समेत स्थापित छन् ।

यसअघि पनि उनले आफ्नै कीर्तिमान पटक–पटक तोड्दै आएका छन् । पछिल्लो सफलतासँगै सगरमाथामा उनको प्रभुत्व अझ स्पष्ट बनेको छ । पर्यटन तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले कामिरिताको उपलब्धिलाई नेपालको गौरवसँग जोडेर प्रशंसा गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ३, आईतवार ०६:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP