मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनसरी घटनापछि सर्वदलीय अपिल: संयम अपनाउन र संवादबाट समाधान खोज्न आग्रह

195
SHARES
सुनसरी घटनापछि सर्वदलीय अपिल: संयम अपनाउन र संवादबाट समाधान खोज्न आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि प्रमुख राजनीतिक दलहरूले संयुक्त अपिल जारी गर्दै नागरिकलाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सात बुँदे संयुक्त अपिल सार्वजनिक गरेको हो ।

अपिलमा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा जसपाका प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ ।

संयुक्त अपिलमार्फत दलहरूले समाजमा लामो समयदेखि कायम रहेको पारस्परिक सद्भाव, भाइचारा र सामाजिक एकतालाई कमजोर बनाउने कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेका छन् । उनीहरूले आवेग र मुठभेडले समस्या समाधान नगरी परिस्थिति झन् जटिल बनाउने भएकाले संयमता अपनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न हुने असन्तुष्टि र विवादको समाधान शान्तिपूर्ण संवाद, सहमति र संवैधानिक प्रक्रियाबाट मात्रै सम्भव हुने भन्दै आफ्ना माग तथा असन्तुष्टि शान्तिपूर्ण रूपमा अभिव्यक्त गर्न सम्बन्धित सबै पक्षसँग आह्वान गरेका छन् ।

संयुक्त अपिलमा सरकारलाई पनि अधिकतम संयम अपनाएर अवस्थालाई सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न ध्यानाकर्षण गराइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १३, बुधबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP