मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न, सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

1.7K
SHARES
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न, सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक सम्पन्न भएको छ । काठमाडौं प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदन संशोधनसहित पारित गर्दै सम्पन्न भएको हो ।

बैठकमा प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव राखेका थिए, जसलाई बैठकले स्वीकार गरेको छ । यससँगै माओवादीको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ । बैठकले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

नेतृत्व सम्बन्धी अन्य प्रस्ताव भने अस्वीकृत भएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभाको चुनाव (फागुन २१) पछि महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए भने प्रचण्डले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूलाई दिनुपर्ने प्रस्ताव राखेका थिए । यी दुवै प्रस्ताव अस्वीकृत भए । उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारीलाई नयाँ टिममार्फत प्रतिस्थापन गर्ने र हालका पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गर्ने प्रस्ताव राखेका थिए, तर त्यो पनि अस्वीकृत भयो ।

तीनवटा प्रस्तावमाथि छलफलपछि जवाफ दिँदै प्रचण्डले उठेका विषयलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने प्रतिबद्धता जनाए । साथै, उनले सबै माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे ।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले प्रस्तुत गरेको निष्कर्षमा सम्पत्ति छानबिन आयोग गठनको प्रस्ताव राखिएको थियो । जसअनुसार पूर्व महालेखा परीक्षक वा स्वतन्त्र व्यक्तिहरूको सहभागितामा कार्यविधि तयार गरी आयोग गठन गर्ने भनिएको छ ।

यसै सन्दर्भमा प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन गरेर सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरिने स्पष्ट घोषणा गरेका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १०, शुक्रबार १२:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP