मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीतिक दलको नयाँपन विचार, दृष्टिकोण र कार्यक्रमले निर्धारण गर्छ : प्रचण्ड

2.7K
SHARES
राजनीतिक दलको नयाँपन विचार, दृष्टिकोण र कार्यक्रमले निर्धारण गर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनैपनि राजनीतिक दलको नयाँपन उसको विचार, दृष्टिकोण र कार्यक्रमले निर्धारण गर्ने बताएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई पनि त्यही आधारमा नयाँ शक्ति भएको दाबी गरेका छन् ।

सोमबार नेपाली कम्युनिस्ट पार्टीको ओखलढुङ्गा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले ओखलढुङ्गाबाट सुरु भएको कम्युनिस्ट एकताको अभियान अहिले देशव्यापी रूपमा फैलिएको बताए । उनले विभिन्न दलबाट असन्तुष्ट नेता–कार्यकर्ताहरू कम्युनिस्ट आन्दोलनमा जोडिने क्रम बढ्दै गएको उल्लेख गरे ।

कार्यक्रममा ओखलढुङ्गाबाट एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका अम्बिर बाबु गुरुङले आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेका थिए । गुरुङले सबै पालिकामा अस्पताल स्थापना गर्ने तथा क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे ।

सोही अवसरमा एमालेका जिल्ला कमिटी सदस्य लोकप्रिय सुनुवारसहित एमाले र नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने नेता–कार्यकर्ताहरूलाई स्वागत गरिएको थियो ।

एमालेबाट विद्रोह गरी नेकपामा प्रवेश गरेका जिल्ला अध्यक्ष जीवी खड्काले अब कम्युनिस्ट आन्दोलनको नेतृत्व प्रचण्डले मात्र प्रभावकारी रूपमा गर्न सक्ने दाबी गर्दै देशभरिबाट पार्टीमा आबद्ध हुने क्रम बढेको बताए ।

कार्यक्रममा काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्द्र भुसाल, खिजीदेम्बा गाउँपालिका प्रमुख गम्बु शेर्पा तथा समानुपातिक उम्मेदवार हेमराज खड्का र निर्मला श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २६, सोमबार १२:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP