मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सार्वजनिक बहस प्रस्ताव बालेनद्वारा अस्वीकार

988
SHARES
सार्वजनिक बहस प्रस्ताव बालेनद्वारा अस्वीकार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक नीतिगत बहसका लागि दिएको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले अस्वीकार गरेका छन् । ओलीको प्रस्ताव सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीसँग एउटै मञ्चमा नउभिने स्पष्ट घोषणा गरेका हुन् ।

अध्यक्ष ओलीले बिहीबार फेसबुकमार्फत आफू नीतिगत बहसका लागि तयार रहेको उल्लेख गरेका थिए । तर त्यसको जवाफमा बालेनले निकै कडा शब्द प्रयोग गर्दै ओलीसँग बहस गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन् । उनले आफूलाई ‘आतङ्कवादी’को रूपमा चित्रण गरिँदै आएको प्रसङ्ग उल्लेख गर्दै यस्तो आरोप कहिले स्वीकार्ने हो भन्दै ओलीलाई प्रश्न गरेका छन् ।

बालेनले लेखेका छन्, ‘देश जलाउनेको रूपमा मलाई स्वीकारिएको ठिकै छ । नेताहरूको घर कता छन् भन्ने तपाईंहरूलाई नै थाहा थियो । २३ गते बालबालिका मारिएको आतङ्कवाद लुकाउन २४ गते जलाइएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?’

ओलीको उक्त पोष्टमा प्रतिक्रिया जनाउँदै बालेनले ७६ जना बालबालिकाको हत्या र त्यससँग जोडिएका मतियारहरूसँग एउटै मञ्चमा उभिनु आफू पनि त्यस अपराधमा संलग्न भएको अर्थ लाग्ने बताएका छन् । ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको ठहरिनेछ,’ उनले लेखेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमै नीतिगत बहस र आरोप–प्रत्यारोप तीव्र बन्दै गएको सन्दर्भमा बालेनले जेन–जी आन्दोलनसँग जोडिएको द्वन्द्वको प्रसङ्ग उठाउँदै ओलीसँगको प्रत्यक्ष संवाद अस्वीकार गरेका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ११, आईतवार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP