मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, दुई लाखले एकैपटक गरे खरिद प्रयास

312
SHARES
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, दुई लाखले एकैपटक गरे खरिद प्रयास

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका लागि टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् । फाइनल खेल हेर्न दर्शकको अत्यधिक चासो देखिएपछि टिकट बिक्री सुरु भएको छोटो समयमै सबै टिकट सकिएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत टिकट बिक्री खुला भएको केही समयमै करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्ने प्रयास गरेको जनाएको छ । तर, खेल सञ्चालन हुने मैदानको सीमित क्षमताका कारण उपलब्ध टिकट संख्या कम भएकाले केही मिनेटमै सबै टिकट बिक्री भएको क्यानले स्पष्ट पारेको छ ।

एनपीएलको फाइनलप्रति दर्शकको आकर्षण र उत्साहले नेपाली क्रिकेटको लोकप्रियता थप बढ्दै गएको संकेत गरेको क्यानको भनाइ छ । टिकट बिक्रीका क्रममा देखिएको असाधारण चापले नेपाली क्रिकेटप्रति समर्थकको बढ्दो चासोलाई समेत प्रतिबिम्बित गरेको छ ।

क्यानले नेपाली क्रिकेट र एनपीएलप्रति दर्शकले देखाएको माया, विश्वास, समर्थन तथा उत्साहप्रति आभार व्यक्त गरेको छ । साथै, टिकट खरिद गर्न चाहँदाचाहँदै पनि नपाएका समर्थकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

मैदानमा उपस्थित भएर फाइनल हेर्न नपाउने दर्शकलाई अनलाइन प्रसारण तथा आधिकारिक डिजिटल प्लेटफर्ममार्फत खेलको आनन्द लिन पनि क्यानले आग्रह गरेको छ । खेललाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी भइरहेको समेत जनाइएको छ ।

एनपीएलको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका हुन् । शनिबारको खेलसँगै तेस्रो संस्करणको एनपीएलले नयाँ विजेता पाउनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ५, शुक्रबार १२:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP