मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्फ्यु हटेपछि सार्वजनिक सवारी चल्न थाले, जनजीवन सामान्यतर्फ

1.1K
SHARES
कर्फ्यु हटेपछि सार्वजनिक सवारी चल्न थाले, जनजीवन सामान्यतर्फ

काठमाडौं । भदौ २४ मंगलबारदेखि ठप्प बनेको सार्वजनिक यातायात सेवा शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । शुक्रबार छिटपुट मात्र सवारी गुडे पनि आज बिहानैदेखि राजधानीका सडकमा बाक्लो संख्यामा सार्वजनिक बस, ट्याक्सी र अन्य साधन चल्न थालेका छन् ।

चितवनलगायत विभिन्न स्थानबाट बसहरू काठमाडौंतर्फ आउन थालेका छन् ।

जेनजीको आन्दोलनकै कारण भदौ २३ गते सोमबार नयाँबानेश्वर वरपर बाहेकका क्षेत्रमा मात्र सार्वजनिक यातायात चलेको थियो । मंगलबारदेखि आन्दोलन तीव्र बनेसँगै उपत्यकाभर यातायात पूर्णरूपमा ठप्प भएको थियो । सेनाले लगाएको कर्फ्युका कारण सडक सुनसान बनेका थिए ।

शनिबार बिहान कर्फ्यु हटेपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । यातायात चल्न थालेसँगै पसलहरू खुल्न थालेका छन् भने क्षतिग्रस्त पसलहरूमा सरसफाइ कार्य सुरु गरिएको छ ।

मंगलबार रातिदेखि सडकमा खटिएको नेपाली सेना पनि शनिबारदेखि फिर्ता भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २८, शनिबार ०५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP