मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कारमा अचानक आगलागी, चलकको जलेर मृत्यु

273
SHARES
कारमा अचानक आगलागी, चलकको जलेर मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेपछि चालक गाडीबाट बाहिर निस्कन नसक्दा गाडीभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार चालक सिट बेल्ट बाँधेकै अवस्थामा मृत फेला परेका हुन् । मृतकको परिचय भने अझै खुल्न सकेको छैन ।

घटनापछि स्थानीय बासिन्दा र प्रहरी टोलीले फायर एक्स्टिङ्गुइसर प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । त्यसपछि दमकल घटनास्थलमा पुगेर आगो पूर्ण रूपमा निभाएको थियो ।

कारमा आगलागी हुनुको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ५, मंगलवार ०७:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP