मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश

520
SHARES
अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । जारी फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । अन्तिम १६ को रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अवस्थाबाट फर्किएको अर्जेन्टिनाले ३–२ को शानदार जित दर्ता गरेको हो ।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको इजिप्टले १५औँ मिनेटमा यासिर इब्राहिमको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा त्यो अग्रता जोगाएको इजिप्टले दोस्रो हाफको ६७औँ मिनेटमा मोस्ताफा जिकोको गोलसँगै स्कोर २–० बनायो । त्यसपछि अर्जेन्टिनाको विश्वकप यात्रा यही चरणमा टुंगिने संकेत देखिएको थियो ।

तर त्यसपछि खेलको रूप नै फेरियो । ७९औँ मिनेटमा डिफेन्डर क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसको चार मिनेटपछि कप्तान लियोनल मेसीले उत्कृष्ट फिनिसिङ गर्दै खेल २–२ को बराबरीमा ल्याए र अर्जेन्टिनाको आशा जीवित राखे ।

निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए । अन्तिम समयसम्म दबाब कायम राखेको अर्जेन्टिनाले लगातार आक्रमण गर्दै इजिप्टको रक्षापंक्ति भत्काउन सफल भएको थियो ।

यस खेलमा मेसीले पेनाल्टीको अवसर भने सदुपयोग गर्न सकेनन् । त्यसका बाबजुद उनले महत्वपूर्ण बराबरी गोल गर्दै टोलीको पुनरागमनमा निर्णायक भूमिका खेले । अर्जेन्टिनाले देखाएको संघर्ष, आत्मविश्वास र अन्तिम समयसम्मको लडाइँले प्रतियोगिताको सबैभन्दा स्मरणीय पुनरागमनमध्ये एकको रूपमा स्थान बनाएको छ ।

यो जितसँगै साविक विजेता अर्जेन्टिना विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ भने इजिप्टको उत्कृष्ट यात्रा प्रि–क्वार्टरफाइनलमै समाप्त भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २३, मंगलवार १८:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP