मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन २१ मा हुने निर्वाचनमा भाग लिन दल दर्ताको समयसीमा सार्वजनिक

4.2K
SHARES
फागुन २१ मा हुने निर्वाचनमा भाग लिन दल दर्ताको समयसीमा सार्वजनिक

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै महत्वपूर्ण मितिहरू तय गरेको छ ।

निर्वाचन आयोगका अनुसार मंसिर १ देखि १० गतेसम्म राजनीतिक दलहरूले निर्वाचनका लागि आफ्नो दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । यो अवधिमा नयाँ र पुराना दलहरू सबैले आयोगमा आफ्नो उपस्थिति जनाउनु पर्नेछ ।

जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेकी थिइन् । यस घोषणापछि, नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू सक्रिय भएका छन् । उनीहरूले नयाँ दल गठन गरी निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघ २ मा पहिलो हुने प्रणाली अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । त्यस्तै फागुन ३ देखि १८ सम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको छ ।

कार्यतालिका अनुसार फागुन १८ पछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ भने फागुन २१ को बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान, तत्पश्चात मतगणना सुरू हुनेछ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि छुट्टै कार्यक्रम तय गरिएको छ । कार्यक्रम अनुसार मंसिर १५ गत निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । पुस १८ र १९ गते बन्दसूची पेस गर्ने मिति तोकिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २१, मंगलवार ०३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP