मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकीकृत समाजवादीमा गाभिँदै वामदेव गौतमको राष्ट्रिय एकता अभियान, आज एकता घोषणा हुने

2.2K
SHARES
एकीकृत समाजवादीमा गाभिँदै वामदेव गौतमको राष्ट्रिय एकता अभियान, आज एकता घोषणा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच आज औपचारिक एकीकरण घोषणा हुने भएको छ । गत शुक्रबार गौतम र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भएको सहमतिपछि एकता प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

सहमति अनुसार, वामदेव गौतमलाई एकीकृत समाजवादी पार्टीमा तेस्रो वरियताको वरिष्ठ नेताको रुपमा स्थान दिइनेछ । वर्तमान संरचनाअनुसार पार्टीमा अध्यक्ष माधव नेपाल पहिलो, झलनाथ खनाल दोस्रो र अब गौतम तेस्रो वरियतामा रहनेछन् ।

पाँच वर्षअगाडि नेकपा विभाजन भएर एमाले र माओवादी छुट्टिँदा गौतम कुनै पनि खेमामा नगई अलग्गै राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका थिए । लामो समय अलग्गै अभियान चलाएका गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा मिसिन लागेका हुन् ।

यसअघि पनि गौतम समाजवादीमा प्रवेश गर्ने प्रयासमा थिए । तर, उनले सो पार्टीमा प्रवेश गर्न खोज्दा मागेको पदमा सहमति नजुटेपछि एमालेसँग समेत वार्ता गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उनलाई पार्टीमा भित्र्याउने इच्छा देखाए तापनि अन्तिम निर्णय पार्टीको विधान महाधिवेशनले गर्ने बताएका थिए ।

तर, एमाले सचिवालयले ‘राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्ने’ मात्र निर्णय गरेपछि गौतमको एमाले प्रवेश निष्क्रिय भयो । २०७८ मा एमाले विभाजन भएपछि गौतम ओलीप्रति असन्तुष्ट हुँदै पार्टी परित्याग गरेका थिए । त्यस क्रममा माधव नेपालले नयाँ पार्टी गठन गर्दा पनि उनी अलग्गै बसेका थिए । नेकपा एकता कालमा प्रचण्ड–ओली विवाद उत्कर्षमा पुगेपछि गौतम प्रचण्ड र माधव पक्षमा झुकेका थिए ।

अब भने, लामो समयदेखि अलग्गै रहेको राष्ट्रिय एकता अभियान औपचारिक रूपमा एकीकृत समाजवादीमा समाहित हुँदैछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २, शुक्रबार ०४:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP