मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी वायुको प्रभावले देशका पश्चिमी भागमा बदली, वर्षा र हिमपातको सम्भावना

2.3K
SHARES
पश्चिमी वायुको प्रभावले देशका पश्चिमी भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही, बाँकी भूभागमा आंशिक बदलीको स्थिति रहेको छ ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना छ । अन्य प्रदेशका पहाडी भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

रातिको समयमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्छ भने बाँकी पहाडी भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना कायम रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १९, बुधबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP