मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वर्षाका कारण देशका ७ मुख्य राजमार्ग पूर्ण अवरुद्ध, केही एकतर्फी सञ्चालनमा

2.9K
SHARES
वर्षाका कारण देशका ७ मुख्य राजमार्ग पूर्ण अवरुद्ध, केही एकतर्फी सञ्चालनमा

काठमाडौं । लगातारको वर्षाले देशभरका प्रमुख सडक सञ्जालमा अवरोध सिर्जना गरेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सात वटा मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही राजमार्ग एकतर्फी मात्र सञ्चालनमा छन् ।

कोशी राजमार्ग अन्तर्गत संखुवासभा खण्डमा पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ । पूर्वी नवलपुरको विनयी त्रिवेणी क्षेत्रमा पनि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रसुवाबाट चीनसँग जोडिने नाका सडक, पासाङल्हामु मार्गका विभिन्न खण्डहरू, र भोटेकोशी क्षेत्रमा पर्ने अरनिको राजमार्गसमेत अवरुद्ध छन् ।

मध्यपहाडी लोकमार्ग लमजुङ खण्ड र रुकुम पश्चिम हुँदै जाजरकोट–डोल्पा जोड्ने भेरी कोरिडोर पनि ठप्प भएको छ ।

यसबाहेक, देशका अन्य केही स्थानमा मुख्य राजमार्गहरू पहिरो र जलमग्नताका कारण आंशिकरूपमा प्रभावित छन् र केही ठाउँमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २२, बिहीबार ०५:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP