मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारद्वारा एनप्याब्सन निलम्बित, अर्को निर्णय नभएसम्मका लागि रोक

260
SHARES
सरकारद्वारा एनप्याब्सन निलम्बित, अर्को निर्णय नभएसम्मका लागि रोक

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लङ्घन गरेको भन्दै संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार एनप्याब्सनले मन्त्रालयबाट दिइएको निर्देशन पालना नगर्नुका साथै नेपाल सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत सञ्चालन गरेको पाइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सरोकारवाला पक्षहरूलाई २०८३ असोज २३ गते छलफलका लागि बोलाएर राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको उल्लेख छ । तर, उक्त निर्देशनअनुसार कार्य गरेको नदेखिएपछि संस्थालाई निलम्बन गर्ने निर्णयमा पुगेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेको ठहर गर्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार एनप्याब्सनलाई निलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले अर्को निर्णय नभएसम्मका लागि संस्थाको निलम्बन कायम रहने जनाउँदै यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ कार्तिक १४, शुक्रबार १०:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP