मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज बाढीको सम्भावनाः सतर्कता अपनाउन महाशाखाको अनुरोध

1.9K
SHARES
आज बाढीको सम्भावनाः सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । देशभरका विभिन्न स्थानमा आज बाढीको सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको भए पनि ती नदीहरूमा बहाव बढ्न सक्ने सम्भावना देखिएको छ ।

विशेष गरी झापा, इलाम, पाँचथर र आसपासका जिल्लाबाट बग्ने साना नदीहरूमा बहाव तीव्र रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर), धादिङ, रसुवा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा पर्ने साना नदीहरूमा पनि बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले ती क्षेत्रहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको अनुमान छ ।

महाशाखाले वर्षा र नदी बहावको अवस्था हेरी जोखिमयुक्त स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सुझाव दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २२, बिहीबार ०५:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP