मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओलीको विश्वासको मत विवादः नाउपा–जसपाको समर्थन फिर्तासम्बन्धी कागजात झिकाउन सर्वोच्चको आदेश

1.6K
SHARES
ओलीको विश्वासको मत विवादः नाउपा–जसपाको समर्थन फिर्तासम्बन्धी कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले दिएको समर्थन फिर्ताबारेका कागजात झिकाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र उपेन्द्र यादव नेतृत्वको जसपाले समर्थन फिर्ता गरेको पत्र माग गरेको सर्वोच्च स्रोतले जनाएको छ । साथै नाउपाबाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीको राजीनामापत्र पनि पेस गर्न भनिएको छ ।

सर्वोच्चले बुधबार दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा बहसका लागि बोलाएको थियो । त्यसक्रममा कागजात झिकाउने आदेश भएको हो ।

नाउपाले असार २२ गते समर्थन फिर्ता लिएको र जसपाले असार ३१ गते समर्थन फिर्ता गरेको थियो । नाउपा सरकारमै सहभागी थियो भने जसपा बाहिरबाट मात्र समर्थन दिँदै आएको थियो । तर प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै अधिवक्ता वीरेन्द्र केसीले भदौ ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

भदौ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले चार बुँदामा कारण देखाउन आदेश दिएको थियो र १५ दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।

रिटमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । निवेदकले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिनुपर्ने प्रावधान कार्यान्वयन गर्न माग गरेका छन् ।

त्यस्तै, राष्ट्रपति धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने, हालको ओली सरकार कामचलाउ मात्र भएको व्याख्या गर्नुपर्ने र दैनिक प्रशासनिक कार्यबाहेक दुरगामी तथा नीतिगत निर्णय नगर्नु भन्ने मागसहित प्रतिषेध र परमादेश आदेश माग गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०९:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP