मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बक्यौता असुलीमा प्रगति, ऊर्जामन्त्री घिसिङको धन्यवाद ज्ञापन

2.4K
SHARES
बक्यौता असुलीमा प्रगति, ऊर्जामन्त्री घिसिङको धन्यवाद ज्ञापन

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले लामो समयदेखि रोकिएको विद्युत् बक्यौता असुली अब ठोस नतिजातर्फ अघि बढेको भन्दै सबै पक्षप्रति आभार व्यक्त गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूबाट किस्तामा महसुल असुलीको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका अनुसार अधिकांश उद्योगले पहिलो किस्ता भुक्तानी गरिसकेका छन् ।

राजनीतिक दबाबका कारण अवरुद्ध रहेको बक्यौता असुली प्रक्रिया पुनः गति लिन थालेको भन्दै मन्त्री घिसिङले यसलाई ‘साझा जिम्मेवारी र सहकार्यको नतिजा’ बताएका छन् ।

उद्योगीहरूले किस्ता तिर्न थालेपछि उनले बक्यौता असुलीमा सहयोग पुर्‍याउने प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सरोकारवालालाई धन्यवाद दिएका छन् ।

“सबैको निरन्तर चासो, निगरानी र खबरदारीका कारण बक्यौता असुली अब ठोस परिणामतर्फ अग्रसर भएको छ । हालको चुनौतीपूर्ण परिस्थितिमा देशप्रतिको दायित्वबोधका साथ किस्ता तिर्न सुरु गर्नुभएका सम्पूर्ण उद्योगी साथीहरूलाई हार्दिक धन्यवाद,” सामाजिक सञ्जालमा घिसिङले लेखेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २७, बिहीबार ०५:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP