मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नागढुङ्गा सुरुङमार्गमा आजदेखि दस्तुर संकलन, कुन सवारीले कति तिर्नुपर्छ ?

208
SHARES
नागढुङ्गा सुरुङमार्गमा आजदेखि दस्तुर संकलन, कुन सवारीले कति तिर्नुपर्छ ?

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु भएको छ । आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले निर्धारित दरअनुसार दस्तुर तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।

नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरेर काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित दररेटअनुसार दस्तुर बुझाउनुपर्नेछ । सवारीसाधनको वर्ग र आवतजावतको दिशाका आधारमा दस्तुर निर्धारण गरिएको छ ।

निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

दस्तुर भुक्तानीलाई सहज बनाउन सुरुवाती चरणमा नगद र क्यूआर कोडमार्फत रकम तिर्न सकिने व्यवस्था मिलाइएको आयोजना प्रमुख नेपालले जानकारी दिए । आगामी दिनमा भने आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरेर दस्तुर भुक्तानीलाई स्वचालित बनाउने तयारी भइरहेको छ ।

सुरुङमार्गमा खटिएका सेवा प्रदायकका कर्मचारीले सवारीसाधनबाट दस्तुर संकलन गर्नेछन् । यसरी संकलन भएको सम्पूर्ण रकम सडक बोर्ड नेपालको खातामा जम्मा गरिनेछ ।

दस्तुर संकलन प्रणालीको सञ्चालन तथा अनुगमनको जिम्मेवारी सडक बोर्ड नेपाल र सडक विभागले सम्हाल्नेछन् । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट दस्तुर उठाउन थालिएसँगै यात्रु तथा चालकले आफ्नो सवारीको वर्गअनुसार तोकिएको रकम भुक्तानी गरेर मात्रै सुरुङमार्ग प्रयोग गर्नुपर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ कार्तिक १६, आईतवार ०६:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP