मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

७२ वर्षपछि स्विट्जरल्यान्डको ऐतिहासिक उपलब्धि, कोलम्बियालाई हराउँदै क्वार्टरफाइनलमा अर्जेन्टिनासँग भेट

520
SHARES
७२ वर्षपछि स्विट्जरल्यान्डको ऐतिहासिक उपलब्धि, कोलम्बियालाई हराउँदै क्वार्टरफाइनलमा अर्जेन्टिनासँग भेट

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को अन्तिम खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटसम्म पनि गोलरहित बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टी सुटआउटबाट तय गरिएको थियो ।

पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले अवसर खेर फाल्दा टोली पराजित हुन पुग्यो ।

यता स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे। म्यानुअल अकांजीले भने आफ्नो पेनाल्टी गोलमा परिणत गर्न सकेनन् । त्यसपछि स्विट्जरल्यान्डले ४–३ को जित निकाल्दै अन्तिम आठमा स्थान बनायो ।

सन् १९५४ मा घरेलु भूमिमा आयोजित विश्वकपपछि पहिलो पटक स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो । त्यसयता टोली पटक–पटक समूह चरण वा अन्तिम १६ बाट बाहिरिँदै आएको थियो ।

यो स्विट्जरल्यान्डको १३औँ विश्वकप सहभागिता हो भने टोलीले समग्रमा चौथोपटक क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले साविक विश्व विजेता अर्जेन्टिनाको चुनौती सामना गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २४, बुधबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP