मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनको तयारी मुख्य एजेन्डा

598
SHARES
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनको तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा महामन्त्री विपीनकुमार आचार्यले बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बोलाएका हुन् ।

आगामी स्थानीय तह निर्वाचनको तयारी तथा पार्टीको आन्तरिक सङ्गठनलाई थप मजबुत बनाउने विषयलाई बैठकले प्राथमिकतामा राखेको छ । बैठकको प्रमुख कार्यसूचीमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने विषय रहेको छ ।

निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाउने विधि र प्रक्रियालाई अन्तिम रूप दिने तयारी रास्वपाले गरेको छ । साथै, जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्ने विषयमा पनि बैठकमा छलफल हुने भएको छ । यसका लागि आवश्यक कानुनी तथा राजनीतिक खाका निर्माण गर्ने पार्टीको योजना छ ।

बैठकले पार्टीभित्र रिक्त रहेका तथा थप गर्नुपर्ने विभिन्न पदमा मनोनयनसम्बन्धी निर्णयसमेत गर्नेछ । केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँट गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरी सदस्य मनोनयन गर्ने विषय पनि बैठकमा प्रस्तुत हुनेछ ।

स्थानीय तहमा उम्मेदवार छनोटको प्रक्रिया र विधिबारे कार्यकर्तालाई जानकारी गराउन केन्द्रीय सदस्य तथा सांसदको नेतृत्वमा देशव्यापी प्रशिक्षण र अभिमुखीकरण सञ्चालन गर्ने प्रस्तावसमेत बैठकमा छलफल हुने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ५, शुक्रबार ०१:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP