मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप: पाकिस्तान विजयी, नेदरल्याण्ड्स पराजित

1.2K
SHARES
टी–२० विश्वकप: पाकिस्तान विजयी, नेदरल्याण्ड्स पराजित

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब मैदानमा भएको प्रतिस्पर्धामा नेदरल्याण्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले तीन बल बाँकी रहँदा पूरा गरेको हो ।

पाकिस्तानको जितमा शाहिबजादा फरहानले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४७ रन जोडे । उनले ३१ बल खेल्दै चार चौका र दुई छक्का प्रहार गरे । त्यस्तै फहिम अशरफले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २९ रन बनाए भने साइम ऐयुबले १३ बलमा २४ रन थपे ।

नेदरल्याण्ड्सका बलर आर्यन दत्त र पउल भान मिकेरेनले समान दुई–दुई विकेट लिए । लोगन भान बिक, काइल क्लेइन र रोलोफ भान डेर मेर्वेले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरको अन्तिम चरणमा अलआउट हुँदै १४७ रन बनाएको थियो । टोलीका कप्तान स्कट एडवर्ड्सले २९ बलमा तीन चौका र एक छक्काको मद्दतले ३७ रन बनाए । बस डे लिडले २५ बलमा ३० रन जोडे भने ओपनर माइकल लेभिटले १५ बलमा २४ रनको योगदान दिए ।

पाकिस्तानका सलमान मिर्जा सर्वाधिक सफल बलर बनेका थिए । उनले तीन विकेट लिँदा मोहम्मद नवाज, अब्रार अहमद र साइम ऐयुबले समान दुई–दुई विकेट लिए । शहीन शाह अफ्रिदीले एक विकेट हात पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २४, शनिबार १०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP