मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा

130
SHARES
मौसम पूर्वानुमानः वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव देखिएकाले आज अधिकांश भूभागमा मौसम बदली रहने र वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।

त्यस्तै, पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाले कोशी र कर्णालीका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी एवं तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा तथा मेघगर्जनका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न, पहाडी क्षेत्रमा पहिरो जान र यातायात तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २९, सोमबार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP