मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पत्रकार टेकमान शाक्यलाई धम्कीः महासंघको ध्यानाकर्षण

2.2K
SHARES
पत्रकार टेकमान शाक्यलाई धम्कीः महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारको विषयलाई लिएर शाक्यलाई पटक–पटक धम्की आएको भन्दै महासंघले शनिबार विज्ञप्ति जारी गर्दै घटनाप्रति निन्दा र भर्त्सना गरेको छ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत रुपमा आफ्नो धारणा राख्न सकिन्छ, तर पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन गर्न पाइँदैन ।”

महासंघले यसरी धम्की दिनेहरूमाथि तुरुन्तै कारबाही गर्न माग गरेको छ ।

महासंघले बस्नेत स्वयं र उनका सहयोगीहरूले शाक्यलाई त्रसित र आतङ्कित पार्ने गरी धम्की दिएको उल्लेख गर्दै त्यस्तो कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ४, शनिबार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP