मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

325
SHARES
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभामुख अर्यालले आगामी अन्तरव्यवस्थापिका संघ (आईपीयू) महासभामा आफ्नो सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।

सभामुख अर्याल आइतबार आईपीयूको १५३औँ महासभामा सहभागी हुन तान्जेनिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सोही विषयमा उनले राष्ट्रपति पौडेलसँग भेट गरी भ्रमणबारे जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा प्रतिनिधिसभाको आगामी कार्यसम्पादन तथा अन्तरव्यवस्थापिका संघसँग सम्बन्धित विषयमा समेत छलफल भएको बताइएको छ । भेटवार्ता शिष्टाचारमा केन्द्रित रहेको सचिवालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १६, शुक्रबार १०:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP