मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

650
SHARES
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष बुझाएका हुन् ।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सोही संवैधानिक प्रावधानअनुसार आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका कार्यहरू समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

संवैधानिक आयोगहरूले आफ्नो कार्यसम्पादन, गतिविधि तथा प्रगतिको विवरण वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २९, बिहीबार ०८:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP