मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी वायुको आंशिक प्रभावः हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

312
SHARES
पश्चिमी वायुको आंशिक प्रभावः हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ भने लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

आज हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ३०, शुक्रबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP