मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रूपन्देही–३ मा हुने भनिएको उपनिर्वाचन रद्द, निर्वाचन आयोगको स्पष्टीकरण

3.2K
SHARES
रूपन्देही–३ मा हुने भनिएको उपनिर्वाचन रद्द, निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचन (रूपन्देही–३) रद्द गरिएको जनाएको छ । आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन मिति फागुन २१ गते तोकिएकाले उपनिर्वाचन रोकिएको स्पष्ट पारेका छन् ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२/०७/१७ गते रूपन्देही–३ मा उपनिर्वाचन हुने तय भएको थियो । तर राष्ट्रपति कार्यालयबाट २०८२/०५/२७ मा प्रकाशित सूचनामा प्रतिनिधि सभा विघटन भइसकेको र त्यसको आधारमा मिति २०८२/११/२१ मा नयाँ निर्वाचन हुने जनाइएकोले उपनिर्वाचनका सम्पूर्ण बाँकी कार्यक्रमहरू रद्द गरिएको छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३०, सोमबार १५:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP