मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेट्रोलियम पदार्थमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि, नयाँ मूल्य मध्यरातदेखि लागू

1.3K
SHARES
पेट्रोलियम पदार्थमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि, नयाँ मूल्य मध्यरातदेखि लागू

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको छ । निगमका अनुसार यो नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भइसकेको छ ।

मूल्यवृद्धिसँगै उपभोक्ताले अब पेट्रोलियम पदार्थ खरिद गर्दा थप खर्च व्यहोर्नुपर्ने भएको छ । विशेषगरी तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ, जुन यसअघि १८७ रुपैयाँ थियो । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यसैगरी दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य पनि १६६ रुपैयाँबाट बढेर १८१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

पहिलो वर्गका सहरहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पनि मूल्य वृद्धि लागू गरिएको छ । यहाँ पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टितेल १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा पुगेको छ ।

निगमका अनुसार मूल्य समायोजनपछि पनि घाटा घटेको छैन । पछिल्लो गणनाअनुसार निगमले १५ दिनको अवधिमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २०, शुक्रबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP