मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निजी अस्पतालका नर्सलाई अब सरकारी सरह तलब सुविधा

2.1K
SHARES
निजी अस्पतालका नर्सलाई अब सरकारी सरह तलब सुविधा

काठमाडौं । लामो समयदेखि आन्दोलनरत निजी अस्पतालका नर्सहरूको माग सम्बोधन हुने गरी सरकार, नर्स र निजी अस्पतालबीच ऐतिहासिक सहमति भएको छ । अब निजी अस्पतालमा कार्यरत नर्सहरूले पनि सरकारी सेवाका कर्मचारी सरह तलब र सुविधा पाउने भएका छन् ।

शनिबार स्वास्थ्य मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा आन्दोलनरत नर्स, सरकार र निजी मेडिकल कलेज तथा अस्पतालका प्रतिनिधिबीच सहमति भएको हो । बैठकमा सरकारले सरकारी सेवा सरह तलब सुविधा लागू गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

डा. बुढाथोकीका अनुसार, निजी मेडिकल कलेज र ठूला निजी अस्पतालहरूले कात्तिक महिनादेखि नै पूर्ण रूपमा पाँचौं तह (रु. ३४,७३०) बराबरको तलब दिने सहमति भएको छ । यसले निजी क्षेत्रका नर्सहरूको लामो समयदेखिको माग पूरा गर्ने आशा जगाएको छ ।

अन्य साना तथा मध्यमस्तरका निजी अस्पतालहरूले भने हाललाई ८० प्रतिशत तलब दिने र एक महिनाभित्र अस्पतालहरूको वर्गीकरण गरी क्रमशः सरकारी सरह पुर्‍याउने निर्णय भएको छ ।

बैठकले अस्पताल वर्गीकरण र अन्य प्राविधिक तयारीका लागि कार्यदललाई थप एक महिनाको समय दिएको छ । कार्यदलले प्रतिवेदन पेस गरेपछि बाँकी निजी अस्पतालहरूले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब लागू गर्ने बताइएको छ ।

वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा गौतम, स्वास्थ्य सचिव डा. विकास देवकोटा, कार्यदल संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. बुढाथोकी, साथै नर्सिङ संघका अध्यक्ष र महासचिव तथा निजी मेडिकल कलेज र अस्पतालका प्रतिनिधिहरू सहभागी थिए ।

यो सहमतिले लामो समयदेखि असमान तलब र सेवाको विरोध गर्दै आएका नर्सहरूलाई राहत दिलाउने अपेक्षा गरिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार अब निजी क्षेत्रका स्वास्थ्यकर्मीहरूको हकहित सुनिश्चित गर्न नियमित अनुगमन प्रणाली पनि लागू गरिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १५, शनिबार १४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP