मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकै दिनमा सुनुवाइदेखि शपथसम्म: डा. शर्मा बने प्रधानन्यायाधीश

429
SHARES
एकै दिनमा सुनुवाइदेखि शपथसम्म: डा. शर्मा बने प्रधानन्यायाधीश

काठमाडौं । नेपालको न्यायालय नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ । डा. मनोजकुमार शर्माले मंगलबार औपचारिक रूपमा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै सर्वोच्च अदालतको नेतृत्व हात पारेका हुन् । संसदीय सुनुवाइ, राष्ट्रपतिबाट नियुक्ति, शपथग्रहण र पदभार ग्रहणसम्मका सबै प्रक्रिया एकै दिन सम्पन्न भएपछि न्याय क्षेत्रमा यसलाई तीव्र र व्यवस्थित संक्रमणका रूपमा हेरिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको थियो । उनले समितिसमक्ष ती सबै प्रश्नको जवाफ दिएका थिए । त्यसपछि समितिले उनलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

संसदीय प्रक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । नियुक्तिपश्चात् शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो ।

शपथ ग्रहण सकिएलगत्तै शर्मा सर्वोच्च अदालत पुगेका थिए । रामशाहपथस्थित सर्वोच्च परिसरमा मुख्य रजिष्ट्रार बिमल पौडेलसहित अदालतका कर्मचारीहरू उनको स्वागतका लागि प्रतीक्षारत थिए । अदालत प्रशासनले पनि तीव्र रूपमा तयारी गर्दै शपथ सकिएको केही मिनेटमै सर्वोच्च अदालतको वेबसाइटमा शर्माको नाम र तस्वीर अद्यावधिक गरेको थियो ।

मंगलबार नै राति कार्यालय समय सकिइसकेको अवस्थामा पनि शर्माले सर्वोच्च अदालतमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । यससँगै न्यायालयको नेतृत्व नयाँ चरणमा प्रवेश गरेको छ ।

उता, शर्माको नियुक्तिसँगै कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी सपना प्रधान मल्लको कार्यकाल पनि समाप्त भएको छ । उनले राजीनामा नदिएसम्म भने सर्वोच्च अदालतमा वरिष्ठ न्यायाधीशको भूमिकामा निरन्तर रहनेछिन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ५, मंगलवार १५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP