मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा

1.7K
SHARES
आज मध्यरातदेखि निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा

काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ औपचारिक रूपमा लागू गर्ने भएको छ । आयोगका अनुसार आचारसंहिता लागू भएसँगै सरकार, राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचनसम्बन्धी गतिविधि सोही मापदण्डअनुसार सञ्चालन गर्नुपर्नेछ ।

निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुनले आजै मध्यरातदेखि आचारसंहिता कार्यान्वयनमा आउने जानकारी दिइन् । उनका अनुसार निर्वाचनको निष्पक्षता र स्वच्छता कायम राख्न आचारसंहिताको पालना अनिवार्य हुनेछ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तय भइसकेको छ । निर्वाचन तालिकाअनुसार माघ ६ गते मंगलबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ, जसले निर्वाचन प्रक्रिया औपचारिक रूपमा तीव्र बनाउनेछ ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ तयार गरी राजपत्रमा प्रकाशित गरिसकेको थियो । आचारसंहिता कार्यान्वयनसँगै सरकारी स्रोतसाधनको प्रयोग, प्रचार–प्रसार र सार्वजनिक गतिविधिमा कडाइ गरिने अपेक्षा गरिएको छ ।

आचारसंहिता कार्यान्वयनको तयारीका क्रममा आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छलफल गरेका थिए । छलफलमा आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सबै पक्षबाट जिम्मेवार व्यवहारको आवश्यकता औंल्याइएको आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ४, आईतवार १२:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP