मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओखलढुंगामा बोलेरो जिप दुर्घटना, एक बालकसहित ९ जना घाइते

195
SHARES
ओखलढुंगामा बोलेरो जिप दुर्घटना, एक बालकसहित ९ जना घाइते

काठमाडौं । ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा एक बालकसहित ९ जना घाइते भएका छन् । सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा बिहीबार बिहान जिप दुर्घटना भएको हो ।

बिहान करिब ७ः१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको थियो ।

दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाएको छ ।

दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन् ।

घाइते सबैको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ८, सोमबार ०५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP