मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदमा बोल्न सात मिनेट मात्र समय दिइएको भन्दै हर्क साम्पाङ असन्तुष्ट

949
SHARES
संसदमा बोल्न सात मिनेट मात्र समय दिइएको भन्दै हर्क साम्पाङ असन्तुष्ट

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संसद बैठकमा बोल्न अत्यन्त कम समय छुट्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ः०० बजे बस्ने तय भएको छ, जहाँ शीर्ष नेताहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ ।

बैठकअघि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले आफूलाई “सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आएको” उल्लेख गरेका छन् । उनले व्यंग्यात्मक शैलीमा “सात मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन छ” भन्दै संसदमा आफ्ना धारणा विस्तृत रूपमा राख्ने इच्छा व्यक्त गरेका हुन् ।

साम्पाङले देशको स्वाधीनता, राष्ट्रिय सम्प्रभुता, नेपाली जनताको पीर–व्यथा तथा विकासको आकांक्षाबारे संसदमा गम्भीर रूपमा बोल्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनका अनुसार यस्ता विषय छोटो समयमा समेट्न कठिन हुने भएकाले पर्याप्त समय दिनुपर्ने माग स्वाभाविक रहेको छ ।

प्रतिनिधिसभामा सामान्यतया विशेष छलफलका क्रममा करिब एक घण्टा समय छुट्याइने अभ्यास छ । सो समय दलका सांसददेखि स्वतन्त्र सांसदसम्मलाई उनीहरूको दलीय हैसियत र प्रतिनिधित्वका आधारमा बाँडफाँट गरिन्छ । तर यसपटक साना दल तथा स्वतन्त्र सांसदलाई कम समय दिइएको गुनासो उठ्न थालेको छ ।

यसै सन्दर्भमा बुधबार संघीय संसद सचिवालयमा भएको छलफलमा पनि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले बोल्न पर्याप्त समय उपलब्ध गराउनुपर्ने विषय उठाएका थिए । साना दल र स्वतन्त्र आवाजलाई संसदमा प्रभावकारी रूपमा प्रस्तुत हुन दिन समय व्यवस्थापनमा पुनर्विचार आवश्यक रहेको उनीहरूको धारणा छ ।

आजको बैठकमा समय व्यवस्थापनको विषयले पनि थप राजनीतिक चर्चा पाउने देखिएको छ । विशेषगरी संसदमा साना दलका आवाज कत्तिको प्राथमिकतामा पर्छन् भन्ने प्रश्न पुनः उठेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १९, बिहीबार ०६:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP