मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भीमफेदी–कुलेखानी सडकमा सुमो दुर्घटनाः ६ जनाको मृत्यु

2.1K
SHARES
भीमफेदी–कुलेखानी सडकमा सुमो दुर्घटनाः ६ जनाको मृत्यु

मकवानपुर । भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आज साँझ सुमो गाडी दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन ।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल लगिएको थियो । तीमध्ये तीन जनाको अवस्था सामान्य रहेको र हाल हेटौँडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र घटनासम्बन्धी थप विवरण संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २०, आईतवार १५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP