मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ब्राजिलको शानदार जित, स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै समूह विजेता

910
SHARES
ब्राजिलको शानदार जित, स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै समूह विजेता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलअन्तरले हराउँदै समूह विजेताको रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको मियामीस्थित रंगशालामा सम्पन्न खेलमा ब्राजिलले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । टोलीका स्टार फरवार्ड भिनिसियस जुनियरले खेलको सातौँ मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पहिलो हाफको इन्ज्युरी समयमा अर्को गोल थप्दै व्यक्तिगत दुई गोल पूरा गरे ।

दोस्रो हाफमा म्याथेस कुन्हाले ६०औँ मिनेटमा गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे । ब्राजिलले तीन खेलबाट सात अंक जोड्दै समूहको शीर्ष स्थान हासिल गरेको हो ।

यही समूहबाट मोरक्को पनि समान सात अंकसहित दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ । गोलअन्तरका आधारमा ब्राजिल समूह विजेता बनेको हो ।

पराजित स्कटल्यान्ड भने तीन अंकमै सीमित रह्यो । नकआउट चरणमा पुग्ने उसको सम्भावना अब निकै कमजोर बनेको छ।

स्विट्जरल्यान्ड समूह विजेता, क्यानडामाथि २–१ को महत्वपूर्ण जित
त्यस्तै समूह ‘बी’ को अन्तिम खेलमा स्विट्जरल्यान्डले सहआयोजक क्यानडालाई २–१ गोलले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

भ्यानकुभर स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएलगत्तै स्विट्जरल्यान्डले अग्रता बनायो । ४६औँ मिनेटमा जोहन मान्जाबीको पासमा रुबेन भार्गसको पासमा गोल गर्दै टोलीलाई अघि बढाए ।

खेलको ५७औँ मिनेटमा मान्जाम्बी स्वयंले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । दुई गोलले पछि परेको क्यानडाले ७६औँ मिनेटमा प्रोमिस डेबिडमार्फत एक गोल फर्काए पनि त्यसपछि बराबरी गोल गर्न सकेन ।

बाँकी समयमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा स्विट्जरल्यान्डले २–१ को जित दर्ता गर्‍यो ।

यस नतिजासँगै स्विट्जरल्यान्डले तीन खेलबाट सात अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थान कब्जा गर्‍यो । क्यानडा भने दोस्रो स्थानमा रहँदै यसअघि नै सुनिश्चित गरिसकेको नकआउट चरणको यात्रालाई निरन्तरता दिने भएको छ ।

समूह चरणको उत्कृष्ट प्रदर्शनसँगै स्विट्जरल्यान्डले उपाधि दाबेदारीलाई थप बलियो बनाएको छ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ११, बिहीबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP