मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुभम कुमार बने ‘युनाइट नेपाल थ्रु चेस’ च्याम्पियन

403
SHARES
सुभम कुमार बने ‘युनाइट नेपाल थ्रु चेस’ च्याम्पियन

काठमाडौं । भोगलपुर चेस एकेडेमीका सुभम कुमारले ‘युनाइट नेपाल थ्रु चेस’ प्रतियोगिताको उपाधि जितेका छन् ।

९ चरणसम्म चलेको प्रतियोगितामा सुभमले ८ अङ्क जोड्दै पहिलो स्थान हासिल गरेका हुन् । समान ८ अङ्क भए पनि टाइब्रेकका आधारमा भक्तपुरका स्वर्णिम दुवाल दोस्रो र भोजपुरका कुमार विक तेस्रो भए । दोलखाका सुमन मोक्तान चौथो स्थानमा रहे ।

उपाधि विजेता सुभमले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उपविजेता स्वर्णिमले १५ हजार, तेस्रो स्थानका कुमार विकले १० हजार तथा चौथो स्थानका सुमन मोक्तानले ७ हजार रुपैयाँ पुरस्कार पाए ।

महिलातर्फ राधिका पौडेल पहिलो, पूजा भण्डारी दोस्रो र डेनिसा पुरी तेस्रो भइन् ।

विजेता खेलाडीलाई आयोजक थापाथली चेस पार्कका अध्यक्ष सानु राज बज्राचार्य, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष दिपेन राई, कोषाध्यक्ष वीरबहादुर रावत, अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु, प्रतियोगिताका प्रायोजक मोहन सिंह प्रधान तथा ब्रिटिस मोडल कलेजका प्रिन्सिपल राजन राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा नेपाल र भारतका गरी २४० जना खेलाडीको सहभागिता रहेको थियो । नेपालका ७६ जिल्लाका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

आयोजकका अनुसार २०८१ सालदेखि मोहन सिंह प्रधानले चेसमार्फत नेपाललाई भावनात्मक रूपमा एकीकृत गर्ने उद्देश्यका साथ प्रतियोगिताको प्रायोजन गर्दै आएका छन् । यस वर्षको प्रतियोगिता उनले आफ्ना ससुरा सहदेव कर्माचार्य र सासु जानकी कर्माचार्यको स्मृतिमा आयोजना गरिएको बताए ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २१, आईतवार १३:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP