मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आयोगको प्रतिवेदन अझै प्रधानमन्त्री कार्यालय नआएको प्रधानमन्त्रीको भनाइ

923
SHARES
आयोगको प्रतिवेदन अझै प्रधानमन्त्री कार्यालय नआएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हालसम्म प्राप्त नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनबारे तयार पारिएको छानबिन प्रतिवेदन कहिले कार्यान्वयनमा आउँछ भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रधानमन्त्री शाहले प्रतिवेदन अझै आधिकारिक रूपमा प्राप्त नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री शाहका अनुसार प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेपछि त्यसलाई सार्वजनिक गरिनेछ ।

‘प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन आधिकारिक रूपमा आएको छैन । प्राप्त भएपछि सार्वजनिक गर्नेछौँ,’ उनले संसद् बैठकमा भने ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १७, आईतवार ०९:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP