मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिराहामा बालकको अपहरणपछि हत्या, ८ जना पक्राउ

2.8K
SHARES
सिराहामा बालकको अपहरणपछि हत्या, ८ जना पक्राउ

काठमाडौं । सिराहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनामा संलग्न आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

हत्या गरिएका बालकका आफन्त र छिमेकसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । शव गाउँ नजिकै फेला परेको हुँदा अपहरण र हत्या स्थानीय नै कसैले गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ । पक्राउ परेकाहरूको नाम भने अनुसन्धानकै कारण गोप्य राखिएको छ ।

गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा अभिषेक सिंहको शव आज बिहान आँपको बगैंचामा फेला परेको थियो । सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार बालक बेपत्ता भएको दुई दिनपछि शव फेला परेको हो ।

परिवारका अनुसार अभिषेक गत आइतबार राति करिब ८ बजे घरबाट हराएका थिए । रातभरि खोजी गर्दा पनि नभेटेपछि सोमबार बिहान करिब ८ बजे अभिषेककै मोबाइलबाट आमालाई अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो ।

घटनाबारे प्रहरीलाई जानकारी दिइएपछि तत्कालै अनुसन्धान सुरु गरिएको थियो । हाल पक्राउ परेकाहरूलाई विस्तृत अनुसन्धानका लागि नियन्त्रणमा राखिएको सिराहा प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP