मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा बैठकः आज दुई विधेयकमा छलफल हुँदै

767
SHARES
प्रतिनिधिसभा बैठकः आज दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्ने बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेस गर्नेछिन् ।

प्रतिनिधिसभाको बैठकसँगै आज सङ्घीय संसद्का विभिन्न छवटा समितिको बैठक पनि बस्ने भएको छ । ती समितिका बैठकमा सम्बन्धित विषयमाथि छलफल हुनुका साथै आवश्यक निर्णयसमेत गरिने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २६, शुक्रबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP