मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोलीकाण्डसँग जोडिएपछि अमेरिकाले डीभी कार्यक्रम स्थगित गर्‍यो

2.2K
SHARES
गोलीकाण्डसँग जोडिएपछि अमेरिकाले डीभी कार्यक्रम स्थगित गर्‍यो

काठमान्डु । अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । स्थानीय समयअनुसार बिहीबार अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले डीभी कार्यक्रम रोक्ने औपचारिक घोषणा गरेको हो ।

हालै भएका गोलीकाण्डमा संलग्न व्यक्ति डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको तथ्य खुलेपछि यस्तो निर्णय लिइएको डीएचएस प्रमुख क्रिस्टी नोमले जानकारी दिएकी छिन् । उनका अनुसार सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार यो निर्णय तत्कालै लागू गरिएको बताइएको छ । ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै आएको सन्दर्भमा डीभी कार्यक्रम स्थगनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

हालै ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । उक्त आक्रमणमा संलग्न अभियुक्त सन् २०१७ मा डाइभर्सिटी भिजा कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेको छ । यही घटनाले डीभी कार्यक्रमको सुरक्षात्मक पक्षमाथि प्रश्न उठाएको अमेरिकी अधिकारीहरूको भनाइ छ ।

डाइभर्सिटी भिजा कार्यक्रममार्फत अमेरिकाले हरेक वर्ष करिब ५० हजार जनालाई आप्रवासनको अवसर दिँदै आएको छ । यो कार्यक्रम मुख्यतः अमेरिकामा आप्रवासन दर कम भएका मुलुकका नागरिकलाई लक्षित गरी सञ्चालन हुँदै आएको थियो ।

तर, डीभी कार्यक्रम स्थगनको निर्णयविरुद्ध अदालतमा रिट दायर हुन सक्ने सम्भावना रहेको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ४, शुक्रबार १०:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP