मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसममा आंशिक परिवर्तन

117
SHARES
पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसममा आंशिक परिवर्तन

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण मौसममा केही उतार–चढाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा सामान्य बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको अवस्था रहेको छ । तराईका अधिकांश स्थानमा भने मौसम सफा र घाम लागेको छ । हाल कोशी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउसो पनि कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्छ । साथै, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको छ ।

समग्रमा तराई क्षेत्रमा मौसम स्थिर रहने देखिए पनि पहाडी र हिमाली क्षेत्रमा भने बदलीसँगै हल्का वर्षा र हिमपातको अवस्था केही समयसम्म जारी रहने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ३, बिहीबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP