मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडिओलाई आयोगको पुरस्कार, पहिलोलाई ५० हजार

1.9K
SHARES
निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडिओलाई आयोगको पुरस्कार, पहिलोलाई ५० हजार

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रचार–प्रसार र मतदाता शिक्षासम्बन्धी उत्कृष्ट टिकटक भिडिओ निर्माण गर्ने ‘कन्टेन्ट क्रियटर’लाई नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

आयोगले मंगलबार सूचना जारी गर्दै निर्वाचन आचारसंहिता, निर्वाचन प्रचार–प्रसार तथा मतदाता शिक्षासँग सम्बन्धित विषयमा आधारित भिडिओ बनाउन आह्वान गरेको हो । आयोगका अनुसार प्रतिस्पर्धाका लागि तयार गरिने भिडिओको अवधि एक मिनेटभित्रको हुनुपर्नेछ ।

निर्माण गरिएका भिडिओ टिकटक, फेसबुक र यूट्युबमा सार्वजनिक गरी २०८२ फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल ठेगानामा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।

आयोगले प्राप्त भिडिओमध्ये सबैभन्दा बढी दर्शक (भ्यूअर्स) पाएका उत्कृष्ट तीनवटा भिडिओलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाण–पत्र प्रदान गरिने जनाएको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक भिडिओ निर्माताले आयोगले तोकेका सातवटा शर्त अनिवार्य रूपमा पालना गर्नुपर्ने आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ०५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP