मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उद्घाटन खेलमा मेक्सिको विजयी, तीन खेलाडीले पाए रातो कार्ड

208
SHARES
उद्घाटन खेलमा मेक्सिको विजयी, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ को उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिका माथि २–० को जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

मेक्सिको सिटीमा गएराति सम्पन्न खेलमा मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

खेलको नवौं मिनेटमा इरिक लिराको पासमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा मेक्सिको यही गोलले अगाडि रह्यो ।

दोस्रो हाफको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो । संख्यात्मक रूपमा कमजोर बनेको दक्षिण अफ्रिकामाथि दबाब बढाउँदै मेक्सिकोले ६७औँ मिनेटमा अर्को गोल थप्यो । राउल जिमेनेजले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा झर्यो । यद्यपि अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड पाएर मैदान छाडे ।

यससँगै विश्वकप २०२६ को उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाउने दुर्लभ घटना देखिएको छ । दुई खेलाडी दक्षिण अफ्रिकाबाट र एक खेलाडी मेक्सिकोबाट मैदान बाहिरिएका थिए ।

जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले महत्वपूर्ण तीन अंक जोडेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २९, शुक्रबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP