मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मियामीको शानदार पुनरागमन जितमा स्वारेजको ह्याट्रिक, फिलाडेल्फियामाथि ६–४ को शानदार जित

1.2K
SHARES
मियामीको शानदार पुनरागमन जितमा स्वारेजको ह्याट्रिक, फिलाडेल्फियामाथि ६–४ को शानदार जित

काठमाडौं । इन्टर मियामीले एमएलएस नियमित सिजनअन्तर्गत भएको रोमाञ्चक खेलमा फिलाडेल्फिया युनियनमाथि ६–४ को शानदार पुनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा सुरुवातमै दुई गोलले पछि परेको मियामीलाई जित दिलाउन लुइस स्वारेजले ह्याट्रिक गर्दा जर्मन बेर्टेरामेले दुई गोल गरे । मिडफिल्डर रोड्रिगो डि पाउलले एक गोल थपे । यस जितसँगै मियामीले नियमित सिजनमा लगातार चौथो जित दर्ता गरेको छ ।

फिलाडेल्फियाले खेलको चौथो र १०औँ मिनेटमा गोल गर्दै २–० को अग्रता बनाएको थियो । त्यसपछि १३औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा बेर्टेरामेले गोल गर्दै मियामीलाई खेलमा फर्काउने प्रयास गरे ।

२०औँ मिनेटमा फिलाडेल्फियाले अर्को गोल थप्दै अग्रता ३–१ बनायो । तर २९औँ मिनेटमा सुआरेजले शानदार भलीमार्फत गोल गर्दै अन्तर घटाए ।

४२औँ मिनेटमा फेरि मेस्सीकै उत्कृष्ट पासमा बेर्टेरामेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याए । त्यसको दुई मिनेटपछि सुआरेजले अर्को गोल गर्दै मियामीलाई पहिलो पटक अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा फिलाडेल्फियाले गोल फर्काउँदै खेल ४–४ को बराबरीमा पुर्‍यायो ।

खेलको ८१औँ मिनेटमा बेर्टेरामेको प्रयास बचाउ भएपछि आएको बलमा सुआरेजले गोल गर्दै ह्याट्रिक पूरा गरे र मियामीलाई ५–४ को अग्रता दिलाए ।

इन्जुरी समयको तेस्रो मिनेटमा जन्मदिन मनाइरहेका डि पाउलले सिल्भेट्टीको पासमा गोल गर्दै मियामीको ६–४ को रोमाञ्चक जित सुनिश्चित गरे ।

तर, शानदार जितका बीच कप्तान मेस्सीको फिटनेसले भने समर्थकहरूमा चिन्ता थपेको छ । सन् २०२६ को विश्वकप सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा अर्जेन्टिनाका कप्तान मेस्सी मैदानमै असहज देखिएपछि फुटबल समर्थकहरू चिन्तित बनेका हुन् ।

आइतबार राति भएको खेलको ७३औँ मिनेटमा मेस्सी अचानक मैदान छाडेर ड्रेसिङ रुमतर्फ लागेका थिए । फ्रि–किक प्रहार गरेलगत्तै उनले आफ्नो देब्रे तिघ्राको माथिल्लो भाग समातेका थिए र प्रशिक्षकलाई असहज भएको संकेत गरेका थिए । यद्यपि, उनी कसैको सहारा बिना आफैँ हिँडेर मैदानबाहिरिएका थिए ।

अर्जेन्टिनाले जुन १६ मा अल्जेरियाविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्ने तालिका छ । ३८ वर्षीय मेस्सीको सम्भावित मांसपेशी समस्याले अर्जेन्टिनी टोली र उनका समर्थकहरूलाई थप चिन्तित बनाएको छ ।

यद्यपि, गुइलेर्मो होयोसले मेस्सी गम्भीर घाइते नभएको संकेत दिएका छन् । उनका अनुसार मेस्सी अत्यधिक थकित देखिएका थिए र मैदानको अवस्था पनि सहज थिएन । ‘अहिलेसम्म कुनै मेडिकल रिपोर्ट आएको छैन । उनी निकै थकित देखिन्थे । मैदान पनि गाह्रो थियो, त्यसैले जोखिम नलिने निर्णय गरियो,’ प्रशिक्षक होयोसले भने ।

मेस्सीको चोटको चर्चाले ओझेलमा पारे पनि यो खेल अमेरिकी फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बनेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ११, सोमबार ०९:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP